रामेछाप जिल्लाकै नमूना विद्यालय मन्थली मावि सधै उत्कृष्ट



मन्थली,पुष ८ गते । रामेछापको नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविले यस बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतिगोगीतामा जित हासिल गरेको छ । मन्थली नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु भएको विभिन्न विधामा प्रथम हुँदै प्रतिगोगिता जितेको हो । २२ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । विद्यालयले यस अघि लगातार २ पटक रनिङ शिल्ड प्रतियोगिता जितको थियो । रनिङ शिल्डमा कूल ६६ वटा स्वर्ण मध्य सबै भन्दा धेरै ४७ पदक आफ्नो पक्षमा पार्दै मन्थली माविले उपाधि चुमेको हो ।


प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो र कर्कला देवी इङलिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेका छन् । प्रथम,द्वितिय र तृतिय हुनेहरुलाई क्रमश, नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो ।

१४ वटा वडाका कूल २२ वटा माविका करिब ७ सय छात्रा छात्रले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र करातेमा प्रतिस्पर्धा गरेका थिए ।
विजेता खेलाडीहरूलाई बागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठ र नगर प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्