रामेछापको हल्देमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा तामाङको मृत्यु



११ पुस, रामेछाप । रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको छ । दर्घटनामा परी गम्भीर घाइते भएका तामाङको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिखु तामाकोसी गाउँपालिकाको धोबीबाट मन्थलीतर्फ आउँदै गरेका तामाङ आफैले चलाएको बागमती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घंटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्