हृदयघातबाट निधन भएका राजनारायण श्रेष्ठको भोलि अन्त्यष्टि गरिने, महामन्त्री थापाद्धारा दुःख व्यक्त



११ पुस, काठमाडौं ।
नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको हृदयघातको कारण असामाहिक निधन भएको छ । खाँडादेवी गाउँपालिका निवासी श्रेष्ठको ५० बर्षको उमेरमा असामाहिक राती निधन भएको हो । नेपाल विद्यार्थी संघदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रूपमा लागेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा सहभागी रहदै आएका थिए । स्वर्गीय श्रेष्ठको भोलि १२ गते बिहान ९ बजे पशुपतिमा अन्तिम दहासंस्कर गरिने भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न बिहान ७ः३० बजे किस्ट मेडिकल कलेज ग्वार्को ललितपुर राखिने छ । त्यसपति त्यहाँबाट ८ बजेट नरेफाँटस्थित निवास र र ९ बजेदेखि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।


त्यसैगरी श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्,‘मेरा मित्र तथा कांग्रेसका एक निष्ठावान् योद्धा, नेपाली कांग्रेस रामेछापकाठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको असामयिक निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछु।

प्रतिक्रिया दिनुहोस्