रामेछाप निवासी संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन



१४ पुस, काठमाडौं । संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । सुनुवारको आज दिउँसो उपचारको क्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा निधन भएको हो । सुनुवार क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।


सुनुवार सेवा समाज संघीय समितिको सल्लाहकार समेत रहनुभएको सुनुवार दोस्रो संविधान सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक कोटाबाट संविधान सभा सदस्य हुनुभएको थियो । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी स्थायी बासिन्दा सुनुवार पञ्चायतकालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । रामेछापको सामाजिक क्षेत्र र महिला सशक्तीकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्