प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि सुनापति गाउँपालिकाले सच्यायो निर्णय



१७ पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनको कारण रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय सच्याएको छ । मंगलवार सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले पुस १९ गते गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णयसहितको विज्ञप्ती जारी गरेका थिए।

गाउँपालिकाले विदा दिने निर्णयलाई तत्काल सच्याउन प्रचण्डले निर्देशन दिएसँगै गाउँपालिकाले दिउसो निकालेकाे विज्ञप्ती सच्याउदै सार्वजनिक विदा दिने दिने निर्णय रद्द गर्दै अर्को विज्ञप्ती जारी गरेको छ । प्रचण्डको सचिवालयले सुनापति गाउँपालिकालाई प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्