रामेछापमा दोब्बर भाडा लिने शव वाहन चालकलाई ट्राफिक प्रहरीले गर्‍यो  कारवाही, बढी भाडा फिर्ता गरायो




१८ पुस, रामेछाप ।
रामेछाप नगरपालिकाद्धारा सञ्चालित शव वाहन चाकले पीडितसँग तोकिए भन्दा बढी भाडा लिने चालकलाई कारवाही गरेको छ । पीडितले बढी भाडा लिएको उजुरी दिएपछि ट्राफिक प्रहरी कार्यालय रामेछापले चालक राज कुमार कार्कीलाई कारवाही गर्दै बढी भाडा समेत फिर्ता गराएको छ ।


रामेछाप नगरपालिकाको बा २ झ ४४२२ नम्बरको शव वाहनले मन्थलीबाट काठमाडौंसम्मको भाडा १३ हजार ९०० सय हुनु पर्नेमा उक्त शव वाहनले पीडितसँग २२ हजार ८०० सय लिएको थियो । प्रहरीले चालक र पीडित पक्षलाई कार्यालयमा उपस्थित गराएर छलफल गर्दा ८ हजार ९०० सय बढी भाडा लिएको देखिन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दीपक चौलागाईले बताए । उनका अनुसार बढी भएको भाडा पीडित पक्षलाई फिर्ता गराई बढी भाडा लिने शव वाहनलाई एक हजार रुपैयाँ जरिवाना गरेर छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्