कांग्रेस नेता खड्काद्धारा मावि मन्दरका विद्यार्थीहरुलाई न्यायो पोशाक वितरण



२० पुस, रामेछाप ।
सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित मन्दर मावि मेलचौरका विद्यार्थीहरुलाई नेपाली कांग्रेस रामेछापका युवा नेता दिपेन्द्र कुमार खड्काले न्यायो कपडा वितरण गरेका छन् । जाडोको समयमा विद्यार्थीहरुलाई राहत होस भन्ने उदेश्यले खड्काले विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

आज विद्यालयमा आयोजित एक कार्यक्रमकोबीच खड्काले विद्यार्थी भाई बहिनीहरुलाई कपडा वितरण गर्न पाउदा आफू खुसी भएको बताए । कार्यक्रममा मन्दर मावि मेलचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार रायमाझीले विद्यालयका विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेकोमा खड्कालाई धन्यवाद व्यक्त गरेका थिए ।

खड्काले करिब १ लाख ५० हजार बराबरको न्यानो कपडा वितरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस रामेछापका नेता केशव प्रसाद चालिसे, युवा नेतृ सरस्वती रायमाझी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्