स्वः राजनारायण श्रेष्ठको सम्झनामा नेवाः सम्पर्क समुहद्धारा श्रद्धाञ्जली सभा सम्पन्न



२८ पुस, काठमाडौं ।
नेवाः सम्पर्क समुहको आयोजनामा समाजसेवी एवं नेपाली कांग्रेसका स्वर्गीय नेता राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेवाः सम्पर्क समुहको कार्यालयमा शनिवार श्रद्धान्जली सभा सम्पन्न भएको हो । श्रद्धान्जली सभामा नेवाः सम्पर्क समुहका अध्यक्ष विष्णु श्रेष्ठ संस्थाका निवर्तमान अध्यक्ष पुर्व अध्यक्षहरु स्वर्गीय राजनारायण श्रेष्ठकी श्रीमती रमिता श्रेष्ठ, छोरा कृष्ण श्रेष्ठ, दाई हरि नारायण श्रेष्ठ, निजका छोरीहरु अञ्जना, मिना श्रेष्ठ, शान्ती श्रेष्ठ र लक्ष्मी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । संस्थाका सचिव भिम श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता विष्णु श्रेष्ठले गरेका थिए ।


राजनारायण श्रेष्ठको जन्म २०३० पुस १४ मा भएको थियो भने २०८० पुस १० गते हृदयघातको कारण असामयिकनिधन भएको थियो । ५० बर्षको अल्पायुमा निधन भएका राजनारायण श्रेष्ठ नेवाः समुहका आजीजन सदस्य एबं पुर्व सचिव तथा हाल सल्लाहकार भूमिकामा रहेका थिए ।

लायन्स क्लव अफ रामेछापका अध्यक्ष हुनुका साथै बिभिन्न ३ दर्जन भन्दा बढी संघ संस्थामा श्रेष्ठ सक्रिय रहदै आएका थिए । श्रेष्ठ नेवाः सम्पर्क समुहको सचिव रहेको बेला भवन निर्माणका लागि जग्गा खरिद भएको थियो । हाल सो जग्गामा तीन तेल भवन निर्माण भएर नेवार समुदायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्