दोरम्बा शैलुङ्ग गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय



२९ पुस, रामेछाप ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँ कार्यपालिकाको बैठकले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । स्थानीय पर्व विदा सामान्यता एक दिन दिने प्रचलन रहेपनि दोरम्बा शैलुङ्ग गाउँपालिकाले भने दुई दिन विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्