पेश्की फछ्यौटका लागि कडा रुपमा प्रस्तुत हुँदै सदस्य सचिव घिसिङ




काठमाडौं, माघ ३ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।


कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेश्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ । यस्तै बैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए । विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेश्की रहेको भन्दै कार्यदलले फस्र्यौट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।
यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्