रामेछापका प्रजिअ निरौलाको पहलमा विनु यादवले तोडिन अनशन



१२ माघ, रामेछाप ।
आफ्नो पतिको घरमा बस्न पाउनु पर्ने माग राख्दै ६ दिनदेखि अनशनरत विनु यादव (कठायत)ले आज अनशन तोडेकी छिन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको समन्वयमा यादवले आज साँझ अनशन तोडेकी हुन् । ६ दिनदेखि जिल्ला प्रशासनको गेटमा यादव अनसनमा बसेकी थिइन ।

प्रजिअ निरौलाको आग्रहमा यादवले अनशन तोडन सहमति जनाएकी हुन् । जिल्ला अदालत रामेछापले गरेको बिनु र प्रदीप कठायतबिचको सम्बन्ध बिच्छेद्को फैसला उच्च अदालतले उल्ट्याइदिए प्रदीपको घरमा पस्न र बस्न पाउनु पर्ने माग गर्दै आइतबार देखि यादव अनशनमा बसेकी थिइन । विनु यादवका श्रीमान प्रदीप कठायतले उनीसँग छुटिनका लागि उच्च अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा यादवले अहिलेकै अवस्थामा घर पठाउन नसकिने निष्कर्ष जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रामेछापले यादवलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्