रामेछापको जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा



१४ माघ, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीको राष्ट्रिय वाणिज्य बैंक, जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंकसम्मको क्षेत्रमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । अनसन, धर्ना र विरोध घेराउ जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समुहबीच आपसी विवाद हुने र सेवाग्राहीहरुलाई असुविधा पुग्ने विषयलाई मध्यनगर गर्दै जिल्ला सुरक्षा समिति रामेछापको सिफारिस अनुसार २ महिनाकाको लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।


रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाद्धारा जारी विज्ञप्तीमा राष्ट्रिय वाणिज्य बैंकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा २०८०।१०।१४ आइतवार (आज रात) देखि २ महिनासम्मका लागि अनसन धर्ना घेराउ विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरु गर्न निषेध गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्