रामेछापको गाउँगाउँ चिनाउन मन्थलीमा सजाइयो ढुंगा



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लाको गाउँगाउँ चिनाउने उदेश्यले सदरमुकाम मन्थलीमा तत्कालिन ५५ गाविसकका नाम ढुंगामा लेखिएको छ । रामेछापको आठ वटा स्थानीय तह र तत्कालिन गाविसहरुको नाम ढुंगामा लेखेर सदरमुकाम मन्थलीको उद्योग वाणिज्य संघको कार्यालयदेखि घरेलु कार्यालयसम्म सजाइएको छ । तामाकोसी बगरबाट ल्याइएको ढुंगालाई सडकको माथिल्लो भागमा सिमेन्ट लगाएर जुनारजस्तै रंगमा रंगरोगन गरिएको छ ।

रामेछापको पहिचान बनेको जुनारको प्रचार प्रसार गर्न र तत्कालिन गाविसहरुको स्मरण होस भन्ने उदेश्यले ढुंगामा नाम लेखिएको रामेछाप–काठमाडौं सृजनशिल समाजका अध्यक्ष विपन भट्टराईले बताए । उनका अनुसार आठ वटा स्थानीय तह र साविक ५५ वटा गाविसको नाम लेखिएको प्रत्येक ढुंगामा ४ सय रुपैयाँ खर्च भएको छ । सृजनशिल समाजमा आबद्ध आजीवन सदस्यहरुबाट संकलन भएको पैसाबाट जिल्लाका गाउँहरुको पहिचान दिने उदेश्यले नाम लेखेर सजाइएको भट्टराईले रामेछाप न्युजलाई जानकारी दिए । त्यसैगरी समाजको सक्रियतामा मन्थली नगरपालिका नजिकै सेल्फी टावर निर्माण गरेर हाल सञ्चालनमा ल्याइएको छ । उक्त सेल्फी टावर हाल मन्थलीवासीको साथै मन्थलीमा पुग्ने आन्तरिक पर्यटकहरुको रोजाइएको गन्तव्य बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्