रामेछापमा माघ १६ गतेबाट समुदायमा कांग्रेस अभियान, भाषण र अतिथि नहुने



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा माघ १६ गतेबाट समुदायमा काग्रेस अभियान सुरुवात हुने भएको छ । पार्टीको संगठन विस्तार र समुदायको सल्लाह सुझाव संकलन गर्ने मुख्य उदेश्यले पार्टी केन्द्रको निर्णय अनुसार माघ १६ गतेबकाट अभियान सुरु हुन लागेको हो । अभियान सुरु हुन अघि आज नेपाली कांग्रेस रामेछापको विस्तारित बैठक सम्पन्न भएको छ । अभियानको नेतृत्व नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले गर्ने छिन् । अभियानमा हालको जिल्ला कार्यसमितिका पदाधिकारीसहितको सदस्यहरु, पूर्व जिल्ला पदाधिकारीहरु एवं सदस्यहरु, महाधिवेशन प्रतिनिधि र पूर्व महाधिवशेन प्रतिनिधिहरु मध्येबाट ६४ वडामा एक÷एक जना प्रतिनिधिहरु छनोट गरेर जिम्मेवारी दिइएको छ ।

अभियान १६ गतेबाट सुरु भएर माघ २६ जिल्ला सदरमुकाममा आएर समापन हुने कार्यक्रम रहेको कांग्रेस जिल्ला सचिव दीपक खड्काले जानकारी दिए । प्रमुख अथिति, भाषण गर्ने कार्यक्रम छैन, जनताको सुझाव संकलन गरेर ल्याउने काम हुन्छ, उनले भने ।

अभियान अन्तर्गत केन्द्रबाट आएको पत्र जनता समक्ष बाचन गर्ने कार्यक्रम रहेको छ । विकास निर्माण एवं जनप्रतिनिधिले गरेको कामको बारेमा समुदायबाट आउने सुझाव सकंलन गरेर केन्द्रबाट खटिएका प्रतिनिधिले जिल्लाबाट संकलन भएको सुझाव केन्द्रमा बुझाउने कार्यक्रम रहेको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्