रामेछापको ६४ वटै वडामा सुरु भयो समुदायमा कांग्रेस अभियान



६ माघ, रामेछाप । पार्टी केन्द्रका निर्णय अनुसार आजबाट रामेछापको ६४ वटै वडामा एकै चरणमा नेपाली कांग्रेस रामेछापले ‘समुदायमा कांग्रेस अभियान सुरु गरेको छ । जिल्ला कार्यसमितिले तोकिएका प्रतिनिधिहरु ६४ वटै वडामा पुगेर आजबाट जनताको सुझाव संकलन गर्ने काम सुरु भएको हो । अभियान अन्तर्गत जनताको सुझाव संकलन गरेर केन्द्रमा पठाइनेछ । आजबाट सुरु भएको अभियान माघ २६ गते सदरमुकाम मन्थलीमा समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्