रामेछापमा जन्ती गएर घर फर्कने क्रममा लडेर बरुवालको मृत्यु



२१ माघ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती बस्ने ३६ बर्षिय पूर्णबहादुर बरुवालको बाटोमा लडेर मृत्यु भएको छ । आज दिउसो जन्ती गएर घर फर्किने क्रममा बाटोबाट लडेर उनको मृत्यु भएको हो । जन्ती गएर घर फर्किने क्रममा विवाह घरबाट तीन सय मिटर यता भिरबाट खसेर करिब चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले भिरबाट लडेर बरुवालको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक वरुवालको पोष्टमार्टम रिपोर्टबाट थप रिपोर्ट आउनेछ ।

प्रतिक्रिया दिनुहोस्