रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घेवामा हिडेका तामाङ मृत अवस्थामा भेटिए



२२ माघ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । हिजो आफ्नो घरबाट माहादेव तामाङको घरमा घेवामा जान्छु भनेर हिडेका लिखु तामाकोसी गाउँपालिका–३ चित्रेका ४५ बर्षिय काले तामाङ आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान घरदेखि ५० मिटर माथि सडकमा मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङको आज मन्थली अस्पतालमा पोष्टमार्टम मार्फत शव स्थानीयले बुझेको जिल्ला प्रहरी कार्यालय रोमछापले बताएको छ । प्रहरीले घटनाको सन्दर्भमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्