रामेछापमा प्रहरीले पक्राउ गरेको १४ वटा मोटरसाइकल लिलाम गर्दै (मोटरसाइकल नम्बरसहित)



२८ माघ, रामेछाप ।
रामेछाप जिल्लाभित्र विभिन्न समयमा पक्राउ गरेका र वेवारिसे अवस्थतामा फेला पारेका १४ वटा मोटरसाइकल १५ दिनभित्र सम्बन्धित व्यक्ति दाबी गर्न नआए लिलामी हुने सूचना प्रकाशित भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सक्कल कागजात लिएर १५ दिनभित्र दाबी गर्न आएको अवस्थामा नियम अनुसार लिलाम गरिने सूचना जारी गरेको हो । पक्राउ गरेको लामो समय वितिसक्दा समेत सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले ती मोटरसाइकल लिलाम गर्न सूचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले ट सवारी साधन चेकिङ तथा वेवारिसे अवस्थामा फेला परि विगत लामो समयदेखि यस कार्यालयमा सुरक्षित राखिए पनि कोही पनि हक दाबी गर्न नआएको बताए । उनले नियम अनुसार १५ दिनभित्र सक्कल कागतजात लिएर नआएको अवस्थामा लिलामी हुने भएकाले मोटरसाइकलको विवरणसहित सूचना जारी गरिएको बताए ।
प्रहरीले यही यी सवारी साधनहरु कोही कसैको भए सोको सक्कल कागतजात प्रमाण पुग्ने (ब्लुबुक) पत्रसहित १५ दिनभित्र जिल्ला प्रहरी कार्यालयमा आउन सूचना प्रकाशित गरेको छ । तोकिएको समयभित्र हक दाबी गर्न नआएमा सरकारी सम्पत्ती तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धि कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ र २ मा व्यवस्था भए बामोजिम आवश्यक प्रक्रियामा जाने व्यहोरा सर्वधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रहरीले १५० देखि २२० सिसिको पल्सर मोटरसाइकल, सवारी दर्ता नम्बर, चेसिस नम्बर र इन्जिन नम्बरको ब्यहोरा समेत उल्लेख गरेको छ । प्रहरीले पक्राउ गरेको अधिकांश मोटरसाइकल पल्सर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्