आजबाट शैलुङ्गको खोलाखर्कमा अल्ट्रा नेट सञ्चालनमा, पर्यटकहरु उत्साहित



२८ माघ, रामेछाप । इन्टरनेटको समस्या हुँदै आएको शैलुङको खोलाखर्कमा आजबाट अल्ट्रा नेट सञ्चालनमा आएको छ । शैलुङ्ग भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको सेवालाई ध्यान दिदै इन्टरनेट सञ्चालनमा ल्याइएको हो । फोन नलाग्ने,नेट नचल्ने हुँदा तत्कालै कुनै पनि शैलुङ्गको घुमघाम फोटो, भिडियो अपलाेड गर्न गर्न कठिन भइरहेको सन्दर्भमा यस नेट सञ्चालनमा आएसँगै सहज भएको पर्यटन अभियन्ता दावासाङबु शेर्पाले बताए ।

उनले भने,‘धेरै कोशिस गर्दा पनि स्थानीय सरकारले ध्यान दिएन, शैलुङ्ग खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रर्वधन समितीको पहल एवं लगानीमा यस अल्ट्रा नेट संचालनमा ल्याइएको हो ।’ दोरम्बा अग्लेश्वर टावरबाट शैलुङ्ग डाँडामा कनेक्शन गर्ने गरी डिभाइस जडान गरी संचालनमा ल्याइएको छ । त्यसैगरी नेपाल टेलिकम टावर मागपत्र पेश भै केही समयपछि उक्त टावर निर्माण हुने गृहकार्य अघि बढेको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्