रामेछापमा ट्याक्टर दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु



१ फागुन, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकास्थित ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आज तामाकोशी नदीबाट बालुवा लिएर ल्याङल्याङ चिउरीबोट जाँदै गरेको ना ५ त ६५३६ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ल्याङल्याङका ३७ वर्षीय गुणराज श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उक्त दुर्घटनामा परी रामेछाप नगरपालिका–८ कात्तिकेका २२ वर्षीय मनोज मगर र २३ वर्षीय चन्द्रबहादुर शाही गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल रामेछापमा उपचार गरिएकोमा शाहीको अवस्था थप जटिल भएपछि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्