खाना सर्केर रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिव श्रेष्ठको मृत्यु, भोलि सार्वजनिक विदा



५ फागुन, रामेछाप ।
रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खाना खाने क्रममा सर्केर रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ । नगरपालिकाको नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आयोजित वनभोजमा खाना खाने क्रमामा सर्केर श्रेष्ठको मृत्यु भएको हो ।


खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेपछि जिल्ला अस्पताल रामेछाप पुर्याइएको थियो । श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको थियो । रामेछाप नगरपालिकाले श्रेष्ठको निधन भएकोप्रति दुःख व्यक्त गर्दै भोलि नगरपालिकाभित्र शोक विदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेद्धारा जारी विज्ञप्तीमा भोलि शोक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्