खाँडादेवी गाउँपालिकाको कल्चौडेमा अटो दुर्घटनाः गम्भीर दुई जनाको ट्रमा सेन्टरमा उपचार हुँदै



१० फागुन, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–४ कल्चौडेमा अटो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । खाँडादेवी गाउँपालिकाको पकरवासबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको प्र.२–०४–००१ ह.००६९ नं।को अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । अटोमा सवार मध्ये दुई जना अहिले काठमाडौंका ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अटो चालक मन्थली नगरपालिका–८ चिसापानीका ३० बर्षिय जयराम माझीको कम्मर भन्दा मुनीको भाग नचल्ने र खाँडादेवी गाउँपालिका–४ रजगाँउको २४ बर्षिय बाबुराम माझीको मुखमा चोट ७० बर्षिय लक्ष्मण माझीको दुबै पाखुरा र दुबै खुट्टामा चोट लागेको छ । मन्थली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका गम्भीर घाइते जयराम माझी र लक्ष्मण माझीलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्