यस्तो बन्ने भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (नामसहित)




२३ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । सत्ता साझेदार दलहरुबीच सहमति जुटेसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ ।
यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।
त्यसैगरी रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ ।
नेकपा एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र धन बहादुर बुढाथोकी शहरी विकास मन्त्री बन्ने भएका छन् । केही बेरमा नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति भवन शितल निवासमा सपथ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्