प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री, रवि लामिछाने बने पुनः गृहमन्त्री




२३ फागुन, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन् । बुधबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्रीको शपथ दिलाएका हुन् ।


उपप्रधानन्त्रीत्रयमध्ये महासेठलाई भौतिक पूर्वाधार, श्रेष्ठलाई परराष्ट्र र रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । लामिछाने पुनः गृहमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्