रामेछापको सुनापति गाउँपालिकामा अफिम खेती गर्ने रुकुमका दुई महिला पक्राउ



२७ फागुन, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवीमा नाटकीय शैलीमा तरकारी खेतीको आवरण देखाएर लागू औषध अफिम खेती गर्ने दुई महिला पक्राउ परेका छन् । वस्ती भन्दा एकान्तमा स्थानीयको ६ रोपनी घर जग्गा भाडामा लिएर अफिम खेती गर्ने रुकुमका दुई महिला पक्राउ परेका हुन् ।

प्रहरीले बारीमा लगाएको ७ हजार बोट अफिम र खती गर्ने रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–१ घर भई हाल सुनापति गाउँपालिका–३ वस्ती ६८ बर्षिय बुद्धिमाया पुन मगर र सोही गाउँपालिका वडा नम्बर। ५ का ४२ बर्षिय कान्छी मगरलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले अफिम खेती गर्ने कार्यमा संलग्न दुई महिलालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्