रामेछापकाे राताटारमा १२ घरमा आगलागीः करिब १ करोड ८६ लाखको क्षति



२ चैत्र, रामेछाप ।
रामेछाप नगरपालिका–९ राताटारस्थित हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो वस्तीमा प्रवेश गर्दा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिजो साँझा वनमा लागेको आगो एक्कासी वस्तीमा पसेसँगै १२ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट घर जलेपनि ठूलो मानविय क्षति हुनबाट भने जोगिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीका अनुसार आगलागीबाट १ करोड ८६ लाखको क्षति भएको छ ।

आगलागीको कारण १२ घरपरिवार विस्थापित भएका छन् । पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय, विभिन्न संघ संस्था र राजनीतिक दलहरुले अत्यावश्यकीय त्रिपाल, भाडाकुँडा र खाद्यन्न सामाग्री सहयोग गर्ने क्रम सुरु भएको छ ।

१) महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. तिन लाख गरी अं. ३,७५,०००।-  ( आश्रीत परिवार संख्या ८ जना ) 

२) नर ब.तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाईते गरी अं. मुल्य रु. तिन लाख ( ३,००,०००।-) ( आश्रीत परिवार संख्या ३ जना ) 

३) सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु.२,७५,०००।– गरी अं. ६,७५,०००।– ( आश्रीत परिवार संख्या १ जना ) 

४) धन ब.तामाङको   कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात र नगद ८०,०००।- , कुखुरा, टि.भि. र गोठ गरी अं. ४,५०,०००।– ( आश्रीत परिवार संख्या ४ जना ) 

५) पुर्ण ब.नेवारको  कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात , २२ ओटा बाख्रा गरी अं. २१,८५,०००।– ( आश्रीत परिवार संख्या १० जना ) 

६) धनमाया श्रेष्ठको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात र ४ ओटा बाख्रा, सुन तिन तोला र नगद रु.७,००,०००।– गरी अं. ५१,०५,०००।– ( आश्रीत परिवार संख्या २१ जना ) 

७) रमेश श्रेष्ठको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात गरी अं. १५,९५,०००।– ( आश्रीत परिवार संख्या ५ जना )  

८) उत्तरकुमारी श्रेष्ठको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात, सुन तिन तोला गरी अं. ३१,२४,०००।– ( आश्रीत परिवार संख्या १२ जना ) 

९) सिताराम नेवारको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात, बाख्रा १६ ओटा गरी अं.१६,७०,०००।– ( आश्रीत परिवार संख्या ७ जना ) 

१०) मिन ब.नेवारको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात,बाख्रा ९ र गोरु १ गरी अं. ६,००,०००।– ( आश्रीत परिवार संख्या ४ जना ) 

११) मानकुमारी नेवारको कच्ची घर,मतान, भाडावर्तन, लत्ताकपडा, अन्नपात, बाख्रा १२ ओटा र कुखुरा १५ ओटा गरी २७,१२,०००।– ( आश्रीत परिवार संख्या १ जना ) 

प्रतिक्रिया दिनुहोस्