रामेछापमा मध्य राती ढोका फुटाएर मान्छेलाई कुटपिट गरेर सुन र पैसा लुटने तीन जना पक्राउ



१५ चैत्र, रामेछाप ।
रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका–४ पासेवनमा एक व्यक्तिको घरमा मध्य रातमा ढोका फुटाएर घर धनीलाई कुटपिट गरेर सुन र पैसा लुटने तीन जना लुटारालाई प्रहरीले पक्राउ गरेको छ । पासेवन ओख्रेनी बस्ने वर्ष ८८ को हर्क बहादुर नगरकोटीको घरमा अपरिचित व्यक्तीहरु आइ मुल ढोका फुटाई भित्र पसी नगरकोटी र उनकी श्रीमती धनलक्ष्मी नगरकोटीलाई लछारपछार पारी कोठाभित्र राखिएको २ तोला सुनको गरगहना र नगद र पन्ध्र लाख लुटपाट गरेर भागेका तीन जनालाई प्रहरीले दोलखा जिल्लाको मागापौवा पक्राउ गरेको हो ।

घटना लगत्तै रामेछापबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मागापौवा भन्ने स्थानबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अघि बढेको छ ।
पक्राउ पर्नेमा जिल्ला रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ का ३४ बर्षिय रोहित बहादुर थापामगर, सोही वडाका २२ बर्षिय तेज बहादुर थापामगर र मकवानपुर हेटौडा उप महानगर पालिका–५ का ४० बर्षिय खेम राई रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्