टुँडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)



२६ चैत्र, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेर मनाएको छ । सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेका थिए । समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो ।

त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । समारोहमा डग शो अन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो ।
उत्कृष्ट प्रतियोगीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्