रामेछाप डाँडाको आर्मी ब्यारेक नजिकै भिषण आगलागी, वस्ती जोगाउन सेना खटियो



२८ चैत्र, रामेछाप ।
रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित नेपाली सेनाको ब्यारेक नजिकै जंगलमा आगलागी भएको छ । अज्ञात समुहले साँझ आगो लगाएको कारण अहिले आगो जंगलमा फैलिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी विनोद कुमार सिंहले रामेछाप बजार नजिकै आगलागी भएको र नियन्त्रणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएको बताए ।

अज्ञात समुहले नेपाली सेनाको ब्यारेक भन्दा ठिक तल आगो लगाएको कारण फैलिएर आएको अवस्थामा ब्यारेकमा क्षति पुग्ने देखिएको छ । तर अहिले नेपाली सेनाको टोली आगलागी नियन्त्रणको लागि खटिएको छ । रातको समय भएको कारण हावा चल्ने र वस्तीतिर फैलिने क्रम बढेको कारण सुरक्षा सतर्कता अपनाउदै नेपाली सेनाको टोली वस्तीमा आगो फैलिन नदिन लागि रहेको नयाँ गोरख गणका गणपति दीपक टण्टनले रामेछाप न्यूजलाई जानकारी दिए । उनले भने–ब्यारेकलाई नै लक्षित गरेर आगो लगाएको देखिन्छ, हामी वस्तीलाई जोगाउन अहिले आगलागी स्थलमा खटिएका छौ ।’

प्रतिक्रिया दिनुहोस्