रामेछापको कोलान्जोरस्थित सुनकोसी नदीमा डुबेर लामाको ज्यान गयो



२७ चैत्र, रामेछाप ।
रामेछाप नगरपालिका–५ रामपुरको कोलान्जोर स्थित सुनकोसी नदीमा निर्माणाधिन पुलमा काम गर्ने एक व्यक्तिको डुबेर निधन भएको छ । पुलमा काम गर्दै आएका मकवानपुर भिमफेदी गाउँपालिका–५ अकोटे वस्ने तिर्थलाल लामाको छोरा करिब ५२ बर्षिय बल बहादुर लामाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्