रामेछापमा आफैले लगाएको आगोमा परी घाइते तामाङलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो



२९ चैत्र, रामेछाप ।
रामेछाप मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोल निवासी ८६ बर्षिय लालमाया तामाङले आफ्नै बारीमा झ्यास पोल्ने क्रममा लगाएको आगो आफ्नै शरीरमा लागेर गम्भीर घाइते भएकी छिन् । पत्कर पोल्ने क्रममा अचानक उनको शरीमा आगलागी हुँदा गम्भीर घाईते भएकी हुन् ।

घाईते भएकी तामाङलाई जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछाप र स्थानीयको सहयोग र समन्वयमा घाईतेलाई श्री यरलाइन्सको हेलिकोप्टर मार्फत थप उपचारको लागि किर्तिपुरस्थित बर्निङ अस्पताल काठमाण्डौ पठाईएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गम्भीर घाइतेलाई उद्दार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्