अपडेटः झ्यास पोल्ने क्रममा घाइते तामाङको उपचारको क्रममा निधन



३० चैत्र, काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोलमा आफ्नै बारीमा झ्यास पोल्ने क्रममा आगलागीबाट घाइते भएकी ८५ बर्षिय लालमाया तामाङको उपचारको क्रममा निधन भएको छ । गम्भीर घाइते अवस्थामा उद्दार गरेर थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौंको किर्तिपुर स्थित बर्निङ अस्पतालमा उपचारको क्रममा निधन हिजो राती नै निधन भएको हो । जिल्ला प्रहरी कार्यालयले रामेछापले जिल्लाभित्र आगलागीको घटना बढदै गएकाले कुनै पनि ठाउँमा आगो लगाएर झ्यास पोल्ने काम नगर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्