भोलिबाट काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधै बस चल्ने



३० चैत्र, रामेछाप ।
नयाँ बर्ष २०८१ वैशाख १ गतेबाट राजधानी काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधा बस सेवा सुरु हुने भएको छ । काठमाडौंको स्यम्भुबाट बिहान ६ः३० बजे चावहिल कोटेश्वर नेपालथोक, गाल्वा हुँदै शैलुङ्गको खोलाखर्कसम्म सिधा वस सेवा सञ्चालन हुने भएको हो ।

शैलुङ्गका पर्यटन क्षेत्रका अभियन्ता दावा साङवु शेपाले सैलुङ्ग पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले सिधा वस सेवा सुरु भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार हाल साना सवारी साधन सञ्चालन हुँदा धेरै यात्रुहरु आउन कठिनाइ हुने अवस्था सृजना भएपछि बस नै सञ्चालनको काम अघि बढाइएको हो । भोलिबाट नियमित रुपमा अब बस सञ्चालन हुने भएपनि शैलुङ्ग क्षेत्रको पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्