रामेछापको खाँडादेवी गाउँपालिकामा बिजुली गाडी दुर्घटना



१ वैशाख, रामेछाप ।
रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित चरिखोलामा बिजुली गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज दिउसो खाँडादेवी मन्दिरबाट बनेपा जाँदै गरेको बा ४ ख २०६० नम्बरको इभी भ्यान अचानक ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल पल्टिएको हो । भ्यानमा सवार घाइतेहरुको उद्दार गरेर हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले बताए । उनका अनुसार भ्यानका चालक ललितपुर गोदवारी नगरपालिका–१ गोदवारी बस्ने गोपि कुमार कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यी हुन घाइते भएकाहरुः काभ्रे बनेपा नगरपालिका– १० बनेपा बस्ने बर्ष ३७ की सरिता दाहालको बायाँ हात भाँचिएको, वर्ष ५६ को हरि शंकर दाहालको बायाँ हात भाँचिएको बिन्दा तिमल्सिनाको अगाडीको ३ वटा दाँत भाँचिएको, अनुहारमा सामान्य चोट रहेको, आर्सु थापाको कम्मरकोबीच भाग नचलेको अवस्था रहेकाले प्राथमिक उपचार गरेर थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । त्यसैग्री गाडीमा सवार सरिता थापा,सुमित्रा थापा, समिर दाहाल ,अनुसा केसी, धुर्व खतिवडा, प्रगती पाण्डे, निजहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्