नयाँ बर्ष मनाउन शैलुङ्गमा पर्यटकको घुइँचो



१ वैशाख, रामेछाप ।
रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा आज पर्यटकहरुको ठूलो भीड लागेको छ । नयाँ बर्ष मनाउन जिल्लाका विभिन्न स्थानसँगै राजधानी काठमाडौंबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आएका हुन् ।

दोलखा र रामेछाप हुँदै आएका पर्यटकहरुले आज शैलुङ्ग भरिभराउ थियो । हरेक नयाँ बर्ष र पर्वहरुमा शैलुङ्गमा मानिसहरुको चहलपहल हुने गरेको छ । शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता दावा साङबु शेर्पाले सडक पूर्वाधार व्यवस्थित बन्ने क्रम सुरु भएसँगै काठमाडौं नेपालथोक दोरम्बा हुँदै खोलाखर्कबाट दैनिक रुपमा पर्यटकहरु आउने क्रम बढेको बताए । पर्यटकहरुको भीड बढेको कारण खोलाखर्कमा होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्