कुखुरा लैजाने स्याल लखेट्न खोज्दा रामेछापमा एक महिला गम्भीर घाइते



१ वैशाख, रामेछाप ।
रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–२ टगम बस्ने ३६ बर्षकी सुनिता कार्की आफ्नै घरमा स्यालले कुखुरा लग्यो भनी लखेट्न उठ्ने क्रममा एक तले घरको बरण्डाबाट लडी गम्भीर घाइते भएकी छिन् । घाईते कार्कीको टाउकोमा चोट नाकबाट चोट लागेपछि जिरी अस्पताल दोलखामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्