रामेछापको मन्थलीमा टिपर दुर्घटनाः चालकको मृत्यु



३ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ स्थित मन्थली मुगिटार सडक खण्डमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुगिटारबाट मन्थलीतर्फ आउदै गरेको बा.प्र.०१००६ ख ३८३९ नम्बरको बालुवा लोड टिपर सडकबाट करिब मिटर तल खसी दुर्घट्ना हुदा टिपर चालक गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ का दिपेन्द्र भन्ने पबित्र बस्नेतको मृत्यु भएको हो ।


टिपरमा सवारी सहचालक जिल्ला दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामा बस्ने बर्ष २१ बर्षिय मनोज फुयाँलको मन्थली अस्पतमा उपचार हुन नसकेपछि थप उपचारको लागि कागठमाौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले चालकको लापरवाहीले नै दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।

प्रतिक्रिया दिनुहोस्