रामेछाप र दोलखावासीलाई खिम्ती जलविद्युत आयोजनाको शेयर दिने कुलमान घिसिङको घोषणा



५ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन्। खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताउदै स्वामित्व आएपछि रामेछाप र दोलखावासीले शेयर पाउने बताएका हुन् ।


राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए। प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेका छौ, नेपाल विद्युत् प्राधिकरणलाई प्रवर्द्धक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यसबारेमा ठोस सहमति भएको छ, उनले भने । नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने पक्षमा रहेको बताउदै वैदशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्