रामेछापमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले थाल्यो यस्तो अभियान



५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र पछिल्लो केही दिनयता सवारी दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकहरुलाई सचेत बनाउने कार्यक्रम अघि सारेको छ । चालकको लापवाहीको कारण सवारी दुर्घटना हुन नदिन र मानविय क्षति हुनबाट रोक्न ट्राफिक प्रहरीले जिल्लाभित्र भित्र्ने र बाहिरीने सवारी साधनका चालकहरुलाई तीब्र गतिमा सवारी साधन नहाँक्न र जिम्मेवार चालक बन्न आग्रह गर्दै अभियान सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले सुरक्षित यात्राको लागि चालकहरुलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको रामेछाप न्यूजलाई बताए । उनले भने चालक जिम्मेवार बन्दा धेरै यात्रुको जीवन सुरक्षित हुन्छ, हामीले चालकहरुलाई हतार नगरी सवारी साधन चलाउन र कर्तव्य नभुल्न आग्रह गरेका छौ, उनले भने ।

जिल्लाभित्र हुने सवारी साधन दुर्घटनाको घटना न्यूनिकरण गर्नको लागि जिल्ला प्रवेश गर्ने नाकाहरुमा अनिवार्य रुपमा चालकलाई सम्झाउने काम सुरु भएको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्