सार्वजनिक विदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरुलाई सेवा दिने



५ वैशाख, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक विदाको दिनमा पनि नागरिकहरुलाई सेवा दिने भएको छ । राजपत्रमा उल्लेख भएको व्यवस्था अनुसार जिप्रका रामेछापले सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको सेवा दिने भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सरकारको निर्णय अनुसार नै सार्वजनिक विदाको दिनमा पनि नागरिकहरुको अत्यावश्यक सेवा सुचारु हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘गत बर्षबाट हामीले यस नियमलाई कार्यान्वयन गर्दै आएका छौ, यस पनि यस कार्यलाई निरन्तरता दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्