रामेछाप निवासी गौतमको शव ललितपुरको झाँक्रीडाँडामा भेटियो, शोकमा डुब्यो परिवार



६ वैशाख, काठमाडौं ।
हिजो बिहान घरबाट निस्किदेखि सम्पर्क विहीन भएका रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी घर भई हाल भक्तपुरको दुवाकोटमा बसोबास गर्दै आएका २१ बर्षिय राहित गौतम मृत अवस्थामा फेला परेका छन् । घरबाट निस्के देखि बेखबर भएका रोहित गौतमको शव र सवार रहेको स्कूटर ललितपुरको कान्ति राजमार्गस्थित झांक्रीडांडामा सडकबाट तल भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपु्रले बताएको छ ।

उनी बेखर भएलगत्तै परिवारजन, आफन्तजन र शुभचिन्तक र प्रहरीले उनको खोजी तीब्र पारेको थियो । तर उनलाई जीवितै रुपमा नभई आज उनको शव फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन परिवारले प्रहरीलाई आग्रह गरेको छ । अल्पआयुमा नै गौतमको निधन भएपछि उनको परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्