रामेछापको च्यास्कुमा आगलागीः पाँच वटा घर जलेर नष्ट, गोठ पनि खरानी



९ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिका–६ च्यास्कु स्थित नगटी बौद्ध सामुदायिक वन र बज्रकालिन फोक्किसङ सामुदायिकवनमा आगलागी हुदा हावाहुरीको कारण जंगल नजिकै रहेको दुई वटा घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । दुई वटा घर र सँगै रहेको दुई वटा गोठ पनि पूर्ण रुपमा लेजेको छ । आगलागीमा परी मानविय क्षति हुनबाट भने जोगिएको छ ।

त्यसैगरी रामेछाप नगरपालिका–३ ठाडोखोलामा रहेको जङ्गलमा भएको आगलागी हावाहुरीको कारण अचानक मानव वस्तीमा फैलदा तीन वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछाप जिल्लाका विभिन्न स्थानमा आगलागीको घटना बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
1nSpHKF, PyMsC, 3QOZEtbjkj1y, nkmGhFXliMQ4Iv, gj1asClZ, 2OY2dEbREgtcxnx, ki0ToToC, C3kPLZta9C, 167ILY8g, ALeHRFS73C