सुनापति गाउँपालिभित्र १६ किलोमिटर सडक कालोपत्रेको काम अघि बढ्यो



१० वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकाभित्रको मुख्य सडक कालोपत्रे हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ डाँसेबाट बेथान हुँदै पालिका जोडने सडक कालोपत्रेको काम अघि बढने भएको हो । प्रदेश सरकारबाट विनियोजित बजेटबाट यसअघि लुभ खनियापानी हुँदै डाँसेसम्म करिब चार किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । ग्रामिण सडक निर्माण भएको झण्डै वीस बर्षपछि पालिकाको मुख्य सडक कालोपत्रे हुने लागेको हो ।

पालिकाभित्र करिब तीन सय किलोमिटर भन्दा ब९ी सडक सञ्जाल विस्तार भएपनि कालोपत्रे हुन सकिरहेको थिएन । तत्कालिन बागमती प्रदेशका अर्थमन्त्र कैलाश ढुंगेलले विगतमा लुभघाट बेथान हुँदै पालिकाको केन्द्रबाट दोरम्बासम्म जोडन सडक कालोपत्रेको लािग बहुबर्षिय आयोजनामा सुचिकृत गरेर काम अघि बढाएका थिए ।

दुई खण्डमा गरेर लुभबाट डाँसेसम्म कालोपत्रे भएको थियो । बजेट अभावमा पालिकासम्म जोडन सडकको कालोपत्रेको काम भने अघि बढन नसकेको थिएन । हाल बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई मार्फत डाँसेबाट पालिकाको केन्द्र जोडने १६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरेर काम सुरु हुने चरणमा रहेको छ । आशिष आर्शिवाद समिनारायण जेभी र आयोजनाबीच दुई बर्षभित्र सम्पन्न गर्ने गरी ४२ करोड लागतमा ठेक्का सम्झौता भएको छ । आठ मिटर चौडाई रहने सडक डिबिएम प्रविधि मार्फत कालोपत्रे गरिनेछ ।
ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख मदन कुमार आले मगगरले सडक निर्माणको लागि ज्वन्ट सर्भेको काम केही दिनभित्र नै हुने र निर्माण व्यवसायीले काम अघि बढाउने रामेछाप न्युजलाई बताए । उनले भने, हामी निर्धारित समय सीमाभित्र नै गुणस्तरीय ढंगले काम सम्पन्न गराउने कार्यमा लाग्नेछौं ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले गाउँपालिकाभित्र १६ किलोमिटर सडक कालोपत्रे हुनु खुसीको विषय भएको बताए । उनले भने, लामो समयदेखि संघ र प्रदेश धाउदा पनि पालिकाको मुख्य सडक कालोपत्रे हुन सकेको थिएन, अहिले पालिकाको पहलमा मुख्य सडक कालोपत्रे हुने भएको छ, यसले समग्र पालिकाको विकासमा ठूलो योगदान पुर्याउनेछ । उनले सडक निर्माण गर्दा गुणस्तरीय ढंगले र समयसीमाभित्र नै सम्पन्न गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्