समयमा नै अस्पताल पुर्‍याउन नसक्दा खाँडादेवी गाउँपालिका थामसिङकी सुत्केरीको मृत्यु



११ वैशाख, रामेछाप ।
रामेछाप खाँडादेवी गाउँपालिका–७ थामसिङकी एक सुत्केरीलाई समयमा नै अस्पताल पुर्याउन नसक्दा निधन भएको छ । आज बिहान ४ बजे सुत्केरी बेथा लागेर खाँडादेवी गाउँपालिका–७ की ३३ बर्षिय कुमार मगरलाई घरबाट एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र टिमुमा ल्याइएको थियो । नर्मल अवस्थामा सुत्केरी हुन नसकेपछि स्वास्थ्य केन्द्रले बिहान १० बजे मात्र सुत्केरी गराउन मन्थली अस्पतालमा रिर्फर गरेको थियो ।

दिउसो २ बजे सुत्केरी गराउन एम्बुलेन्स मार्फत मन्थली अस्पताल पुर्याइए पनि सुत्केरी महिलाको शरीरमा अक्सिन र मुटुको धडकन कम भएको कारण डाक्टरहरुले बचाउने कोशिस गर्दागर्दै अस्पताल पुर्याइएको पाँच मिनेटमा नै मगरको निधन भएको मन्थली अस्पतालले जनाएको छ ।

मन्थली अस्पतालका डा. केशव धामीले रामेछाप न्युजसँग भने,‘सुत्केरी महिलालाई हामीले बचाउन निकै कोशिस गर्यो, शरीरमा अक्सिजन निकै कम थियो, थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लैजाने पनि कोशिस गर्यौ, तर अन्तिम अवस्थामा अस्पताल ल्याइ पुर्याएको कारण हामीले सुत्केरीलाई बचाउन सकेनौ ।

एकसाता अघि मात्र लिखुतामाकोसी गाउँपालिकामा पनि समयमा नै अस्पताल नपुर्याउदा एक सुत्केरी महिलाको मृत्यु भयो, आज पनि सुत्केरी महिलाको ज्यान गयो, मातृ मृत्युदर घटाउनु पर्नेमा जिल्लामा यो बढनु दुःख हो, यसलाई घटाउन सबै सचेत हुन जरुरी छ, उनले भने ।
खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले स्वास्थ्य चौकीमा नर्मल सुत्केरी हुन नसकेपछि सुत्केरीलाई मन्थली अस्पतालमा रिर्फर गरिएको बताए । उनले भने,‘बिहान ९ बजेसम्म अवस्थामा ठिकै थियो, अप्रेसन नै गर्नुपर्ने अवस्था सृजना भएपछि हामीले एम्बुलेन्स मार्फत मन्थली अस्पताल पठायौ, तर सुत्करीलाई बचाउन सकेनौ ।’
सुत्केरीलाई बनाउनका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाउन कोशिस भएपनि कतारी राजाको सवारीको कारण हेलिकोप्टर उडान हुन नसकेको डा. धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्