रामेछापको सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना



१२ वैशाख, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–४ सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना भएको छ । गाउँपालिकाको त्रिवेणीबाट सान्ने तर्फ जादै गरेको बाबा ६ च ९१६२ नम्बरको बोलेरो गाडी गुडिरहेको अवस्थामा अचानक ब्याक भई सडकमा पल्टिएर दुर्घटना भएकाे हो ।

दुर्घटनमा परी बोलेरोमा सवार मध्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप सिंहले जानकारी दिए । घाइतेहरुलाई स्थानीय र प्रहरीले तत्काल नै उद्दार गरेर मन्थली अस्पतालमा उपचार भइरहेको छ । चालक मन्थली नगरपालिका–७ मुगीटारका ३६ बर्षिय अरुण माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्