इलाम २ मा एमालेका उम्मेदवार सुहाङले लिए अग्रता



१६ वैशाख, इलाम । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी पाएका छन् ।
नेम्वाङले तीन हजार २४९ मत पाएका छन् भने कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्