कारको ठक्करबाट रामेछाप लिखु तामाकोसी गाउँपालिकाका तामाङको मृत्यु



१७ वैशाख, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजना नगरस्थित सडकमा बाग्मती प्रदेश नम्बर ०१–०३० च.०९९५ नम्बरको कारमा बा. ७३ प २८३६ नम्बरको स्कुटर ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई काठमाडौं माईतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुरठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरुलिे कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्