ज्यान मुद्दामा फरार रामेछाप गोकुलगंगा गाउँपालिकाका शेर्पा चार बर्षपछि पक्राउ



२० वैशाख, रामेछाप ।
चार बर्षअघि गोकुलगंगा गाउँपालिका– ३ रस्नालुका ५३ बर्षिय मेरमान बिकको हत्या गरेको आरोपमा दोषी ठहर भइ फरार रहेका रस्नालुका साङ्ग तेन्जी शेर्पालेलाई प्रहरीले पक्राउ गरेको छ । साघातीक आक्रमणबाट घाइते भएका बिकको उपचारको क्रममा चार बर्षअघि काठमाडौंका टिचिङ अस्पतालमा निधन भएको थियो । बिकको मृत्यु भएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा शेर्पाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएको थियो ।

शेर्पालाई रामेछाप जिल्ला अदालतले २०७८ असोज १९ मा १ बर्ष कैद, १० हजार जरिवानाको फैसाल सुनाएको थियो । उक्त फैसालमाथि सरकारको पुनरावेदन परी उच्च अदालत पाटनबाट मिति २०७९ पुस २४ गतेको अर्को फैसलाले १० वर्ष कैद र एक लाख जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसालापछि शेर्पा फरार रहदै आएका थिए । फरार रहको शेपालाई विशेष सूचनाको आधारमा गोकुलगंगा गाउँपालिकामै घुमफिर गरेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला अदालतमा पेश गरेको छ । अदालतको पत्र अनुसार आज नै शेर्पालाई जिल्ला कारागार रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्