रामेछापबाट काठमाडौं आउदै गरेको गाडी काभ्रेमा दुर्घटनाः घाइतेहरुको उपचार हुँदै



वैशाख, २२ काभ्रे । मन्थलीबाट काठमाडौं आउदै गरेको भ्यान काभ्रेको पात्लेखेतमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नंम्बरको ईलेक्ट्रोनिक भ्यान आज आफै अनियन्त्रित भई बिपि राजर्मागबाट २५ मिटर तल खस्दा चालक सहित ७ जना सवार मध्ये ६ जना घाईते भएका छन् । भ्यान चालक रामेछाप रामेछाप नगरपालिका ५ बस्ने बर्ष ४८ को मिन बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।

भ्यानमा सवार रामेछाप मन्थली ८ बस्ने २८ को श्रवण कु माझीको ढाड र देब्रेहातमा चोट अवस्था मध्यम रहेको, माझीको श्रीमती बर्ष ३५ की सर्मिला माझीको निधार र देब्रेहातमा चोट अवस्था मध्यम रहेको निजकै छोरी बर्ष ३ कि सोडिमा माझीको देब्रे गालामा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मन्थली १६ की मनिषा माझीको हातखुट्टामा चोट अवस्था सामान्य रहेको, उनको भाई बर्ष १४ को आशिष माझीको टाउकोमा सामान्य चोट अवस्था सामान्य रहेको, बनेपा ७ गोदामचोक बस्ने बर्ष १६ की सचिता गिरी देब्रे हातमा चोट अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचारभईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्