एमाले रामेछापको अध्यक्षमा कडरिया, यी हुन निर्वाचित पदाधिकारी टिम (नामसहित)



वैशाख २८ रामेछाप ।

नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्वाचित भएका छन् । नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि जिल्ला कमिटीको सचिव रहेका कडरिया अध्यक्ष बन्न सफल भएका छन् ।

अधिवेशनबाट सचिवमा यसअघि सह–सचिव रहेका प्रकाश कुमार कार्की सचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा होतराज ढकाल, सह–सचिजवद्धय मिलन घिसिङ र मखमली श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्